Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बस दुर्घटना हुँदा सेनाका क्याप्टेनसहित दश जना घाइते, सशस्त्रले गर्‍यो उद्धार

बाँके ।  राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलास्थित फागुन ३ गते नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका
छन् ।

सोलु नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार मध्ये १० जना
घाइते भएका हुन ।

उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।  सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२
रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको हो ।

गम्भिर घाइते भएकाहरुलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगंज राझातर्फ पठाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले जनाएका छन्। ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077