Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डलाई चेतावनी दिंदै गगनले भने - लोभमा परेर ओलीलाई असंबैधानिक बनाउने तपाई नै हो

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगन थापाले संसद पुनःस्थापना भएपछि मात्रै चुनाव हुने बताएका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको देशव्यापी विरोधसभाका क्रममा चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टी भित्रको झगडाका कारण देश नै भड्खालोमा पुगेको टिप्पणी गरे ।

चितवनमा तीन वर्ष अघि नेकपाकै अध्यक्ष पुष्पमकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस पार्टी चाहिंदैन भन्दै भाषण गरेको स्मरण गर्दै थापाले भने–‘अहिले प्रचण्ड नै गिरिजाप्रसाद कोइराला, शुसील कोइराला र शेरवहादुर देउवाको पार्टी कांग्रेस हो भन्दै सडकमा आउनुपर्ने भनेर अनुरोध गरिरहेका छन् ।’

त्यतिखेर ओलीका असंबैधानिक कदमलाई साथ नदिन आफूहरुले आग्रह गर्दा प्रचण्ड नै चुप लागेर बसेको थापाको भनाई थियो ।

‘पहिले कांग्रेसले राष्ट्रपतिले संविधान मिचेको भनेर प्रश्न गर्दा चुप बस्ने प्रचण्ड, माधव नेपाल, झलनाथ खनालहरु कहाँ थिए ?’ भन्दै थापाले प्रश्न गर्दै भने–‘बहालवाला सचिवलाई प्रमुख निर्वाचन आयुक्त बनाउँदा कहाँ हुनुहुन्थ्यो तपाईहरु ?’

सबैलाई प्रधानमन्त्रीले लोभमा फसाएको हुँदा अहिले आएर प्रचण्डहरु सडकमा भौतारिरहेको थापाले बताए ।
उनले थप भने–‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई केपी प्रवृत्ति बनउने नै तपाई (प्रचण्ड) हो । चितवनका तीनै क्षेत्रबाट कांग्रेसले चुनाव जित्दै गर्दा तपाईले कांग्रेसको मूल्य बल्ल थाहा पाउनु हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077