Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्चको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवर नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवर नियुक्त भएका छन् ।

सर्वोच्चकै रजिस्ट्रारमा कार्यरत कुँवर आज मुख्य रजिस्ट्रारमा नियुक्त भएका हुन् ।

माघ ११ गते बसेको न्यायपरिषद्को बैठकले तत्कालिन मुख्य रजिस्ट्रार नृपध्वज निरौंलालाई मुख्य न्यायाधीश नियुक्त गरेपछि सर्वोच्चमा मुख्य रजिस्ट्रारको पद रिक्त थियो।

माघ २५ गते न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसलगत्तै माघ २९ गते बसेको मन्त्रिपरिषदको बैठकले कुँवरलाई मुख्य रजिस्ट्रारमा र निर्मला पौडेललाई रजिस्ट्रार पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077