Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सौराहा फुड फेष्टिवल सुरु, पर्यटकलाई २० देखि ३० प्रतिशतसम्म छुट

चितवन ।  चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि १५ औं संस्करणको सौराहा फुड फेष्टिवल सुरु हुदैछ । कोराना भाईरस विरुद्ध उच्च स्वास्थ्य सर्तकता अपनाउदै रेस्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) सौराहाको आयोजनामा आजदेखि सुरु हुदै गरेको फेष्टिवलको सबै तयारी पुरा भएको फेष्टिवलका संयोजक धुव्रल गिरीले जानकारी दिए ।

सौराहामा पहिलो पटक हात्ती चोकदेखि गैडा चोकसम्म व्यवस्थित तवरमा फुड स्टलसहित फेष्टिवलका कारण सौराहा नगरीलाई दुलही झै सिंगारिएको छ ।  पहिलो पटक हात्तीचोकमा सौराहाको पहिचान दिनका साथै सौराहा नामक सेल्फी पाईन्ट समेत राखिएको रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए ।

३ दिनसम्म सञ्चालन हुने फेष्टिवलमा यो पटक स्थानिय खानाका परिकारसगैँ मौलिक जनजातिका संस्कृतिक झाँकी विशेष रहने खतिवडाको भनाई छ । कोरोनाले सौराहाका पर्यटन ठप्प बनाएको थियो उनले भने, अब हामी आन्तरीक पर्यटकहरुलाई नै विशेष प्रथामिकता दिदै सडकमै सडकमै रमाऊ भन्ने नारासहित गरिने फेष्टिवल सबैका लागि नयाँ अनुवभ हुनेछ ।

साथै ४ सय मिटर सडकमा विभिन्न खानाका परिकारसगैँ सास्कृतिक झाकीले सडक परिक्रममा गर्ने र सौराहाको पर्यटनमा नयाँ आयाम थपिने उनको भनाई थियो ।विगतमा भन्दा यो पटक पर्यटकहरुको सहजताका लागि २० देखि ३० प्रतिशतसम्म छुट समेत दिन व्यवसायीहरु एकमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077