Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्रीमानले जिम्मा लिएपछि रामकुमारी झाँक्री रिहा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् ।

आज दिउँसो १ बजे पक्राउ परेकी प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य झाँक्रीलाई रिहा भएकी हुन् ।

उनलाई प्रहरीले बिहीबार साँझ रिहा गरेको हो । उनी करिब ५ घण्टा प्रहरी नियन्त्रणमा बसेकी थिईन् ।

झाँक्रीलाई उनका श्रीमान पशुपति पुरीको जिम्मामा छोडिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नेतृ झाँक्रीले प्रहरी समक्ष राष्ट्रपतिप्रति आफ्नो सम्मान रहेको बताएकी थिईन ।

महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार झाँक्रीले राष्ट्रपति र सो संस्थाप्रति सँधै सम्मान रहेको र आगामी दिनमा पनि रहने बताएकी थिईन् ।

उनका अनुसार झाँक्रीले संविधानले अभिव्यक्ति स्वन्त्रता दिएको हुनाले आफूले राष्ट्रपतिको आलोचना गर्दै भाषण गरेको बताएकी थिइन् ।

गोरखामा भएको एक कार्यक्रममा उनले राष्ट्रपतिको कडा आलोचना गरेकी थिइन् भने सो अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओली समूहका महिला नेत्रीहरुले आपत्ति जनाउँदै उनलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

झाँक्रीको अभिव्यक्तिकै आधारमा बालु्वाटारकै दबाबमा प्रहरीले झाँक्रीलाई पक्राउ गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077