Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झाँक्रीलाई ७ बर्ष कैद हुन सक्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीलाई ७ बर्ष कैद र ७० हजार जरिवाना हुन सक्ने देखिएको छ।

महानगरीय अपराध महाशाखाको पिल्लर नं. ६ ले नेतृ झाँक्रीलाई ‘राज्यविरूद्धका कसुर अन्तर्गतको दफा ५८’ अनुसार पक्राउ गरेको पत्र नै सार्वजनिक गरेसँगै झाँक्रीलाई कैदसहितको जरिवाना हुने देखिएको हो ।

दफा ५८ मा मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख छ ।

दफा ५८ को १ मा ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दवाव दिन हुँदैनन ।’ उल्लेख गरिको छ भने सो दफा अनुसार कसुर प्रमाणित भए ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था मुलुकी अपराध सहिंताको दफा ५८ को २ मा उल्लेख छ ।

झाँक्रीले केहि दिन अघि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘बडामहारानी’ भन्दै धम्कीको भाषा प्रयोग गरेर भाषण गरेकी थिइन् ।

त्यसो त झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवास पुग्दा पनि प्रधानमन्त्री केपीशर्मा ओली विरुद्ध पनि नाराबाजी भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077