Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'रामकुमारी झाँक्रीलाई पक्राउ गरे देश मुठभेडमा जान्छ'

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर राज्यले मुठभेड निम्त्याउन चाहेको बताएका छन् ।

विहिबार विहानै प्रहरीले झाँक्रीको घर घेराबन्दी गरेपछि नेता शर्माले सरकारले देशमा मुठभेड निम्त्याउन लागेको बताएका हुन् ।नेतृ झाँक्री यतिबेला प्रहरीको नजरबन्दमा परेकी छिन् । उनलाई पक्राउ गर्न प्रहरी उनी निवास पुगेपछि कार्यकर्ताले चर्को नाराबाजी गरेका छन् ।

‘रामकुमारी झाक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन, देशलाई मुडभेटमा लगेर आफ्नो निहित स्वार्थ पूर्ती गर्ने षड्यन्त्र हो ।’ नेता शर्माले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077