Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ऋषि धमलालाई नारायणकाजीको धम्की !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले विरोधसभामा पत्रकार ऋषि धमलाले हल्ला गरेपछि पार्टी मञ्चबाटै चुप लागेर बस्न आग्रह गरेका थिए । उनले सभा संचालन भइरहेकाले हल्ला र अन्य क्रियाकलाप नगरीदिन धमलासँग आग्रह गरेका हुन् ।

'एकछिन पत्रकार साथीहरु अरु केही नगरिदिनुहोला। हामी यहाँ सभा संचालन गरिरहेका छौं। त्यहाँ तपाई चुप लागिदिनुहोस्। सुन्नु भयो ऋषि धमला जी। तपाईं त्यहाँ अर्को कार्यक्रम नगर्नुहोस्,'उनले भने।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले यो सरकार अवैधानिक भएकाले केपी ओलीलाई १ मिनेट पनि प्रधानमन्त्री पदमा बस्ने वैधानिक आधार नभएको दावी गरे ।

'वर्तमान सरकारले आफैले असंवैधानिक तरिकाले संसद विघटन गरेर अवस्थामा केपी ओली संसदको सदस्य छैनन्। यस्तो अवस्थामा राष्ट्रपतिद्वारा अर्को सरकार नबन्दासम्म यो काम चलाउन सरकार हो भन्ने अवस्था बाहेक प्रधानमन्त्री पदमा बस्न मिल्दैन। यो स्वतः काम चलाउ सरकार हुनसक्थ्यो। तर यो कामलचाउ सरकार पनि वैधानिकरुपमा घोषणा नगरेको अवस्थामा यो अवैधानिक सरकार हो,' उनले भने,' केपी ओलीलाई १ मिनेट पनि प्रधानमन्त्री पदमा बस्ने वैधानिक आधार छैन।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077