Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • देश अकल्पनीय खतराको मुखमा पुग्यो : घनश्याम भुसाल

    देश अकल्पनीय खतराको मुखमा पुग्यो : घनश्याम भुसाल

    अनलाइन नेपाल
  • मंगलबार, २७ माघ २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले देश अकल्पनीय खतराको मुखमा पुगेको बताएका छन् ।

    नेकपा जिल्ला कमिटी बागलुङ प्रचण्ड–नेपाल समूहले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भुसालले संसद् विघटनले मुलुकलाई अस्थिरतामा लगेको तर्क गरे ।



    पूर्वकृषिमन्त्रीसमेत रहेका नेता भुसालले जनताले धेरै दुःख गरेर निर्माण गरेको संविधान घायल भएको टिप्पणी गरे ।

    उनले आफू कृषिमन्त्री हुँदा सकारात्मक काम गर्न थालेको तर पूरा गर्न नसकिएको गुनासो गरे। नेता भुसालले पार्टी एकता गर्दा गरेका सम्झौता तोडिएका कारण राजनीतिक अवस्था बिग्रदै गएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार