Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • रामकुमारी झाँक्री भन्छिन् – गलत कामको टिप्पणी गर्दा गणतन्त्र र राष्ट्रपति पदको अपमान हुँदैन

    रामकुमारी झाँक्री भन्छिन् – गलत कामको टिप्पणी गर्दा गणतन्त्र र राष्ट्रपति पदको अपमान हुँदैन

    अनलाइन नेपाल
  • मंगलबार, २७ माघ २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले संविधानलाई कागजको खोस्टो बनाउने केपी ओली सरकारविरुद्ध हरेक नेपाली नागरिक आन्दोलित हुनुपर्ने बताएकी छिन् ।

    नेकपाको प्रचण्ड–नेपाल समूहले बागलुङमा गरेको कार्यक्रममा बोल्दै राष्ट्रपतिले केपी समूहको उपाध्यक्षकै भूमिकाको काम गरेपछि टीकाटिप्पणी हुनु नौलो नभएको नेतृ झाँक्रीको भनाइ थियो । कार्यक्रममा उनले पटक–पटक संविधान र कानुन च्यात्नेलाई बा र आमा भनेरै बसिदिनुपर्ने दासत्वबाट माथि उठेर जनताको आवाजमात्रै बोलेको बताइन् ।



    उनले राजाको निरंकुशताविरुद्ध लडेको पुस्ताले प्रधानमन्त्री र राष्ट्रपतिको गलत कदमको टिप्पणी गर्ने अधिकार जनतालाई सुरक्षित भएको पनि बताइन् । ‘दस वर्ष अघि राजाविरुद्ध लड्दा टाउको फोडेकोलाई निरंकुश प्रधानमन्त्री र उनकै गुटको राष्ट्रपतिको असंवैधानिक कदमको विरुद्ध बोल्न फेरि रोक्ने रु’ गलत कामको टिप्पणी गरेर गणतन्त्र र राष्ट्रपति पदको अपमान नभएको उनले बताइन् । गणतन्त्रका लागि टाउको फोडेकालाई लाभको पद पाए भनेर हेपिएको समेत उनले बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार