Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • प्रधानमन्त्री ओलीसहितको टोली निर्वाचन आयोगमा

    प्रधानमन्त्री ओलीसहितको टोली निर्वाचन आयोगमा

    अनलाइन नेपाल
  • मंगलबार, २७ माघ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनको समूहको नेकपाका नेताहरू निर्वाचन आयोग पुगेका छन् । प्रधानमन्त्री ओली पौने १२ बजे आयोग पुगेका छन् । ओलीसँगै महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरू पनि आयोगमा पुगेका छन् ।

    सरकारले बैशाखमा घोषणा गरेको दुई चरणको निर्वाचन हुने जिल्लासमेत तोकिसकेको अवस्थामा पार्टीको आधिकारिकतामा विवाद नसुल्झिएपछि ओलीसहितका नेताहरू आयोगमा पुगेका हुन् ।



    पुस ५ मा प्रतनिधि सभा विघटन भएपछि नेकपा विभाजित छ । तर, आयोगले त्यसलाई मान्यता दिइसकेको छैन । यद्यपि ओली र दाहाल-नेपाल समूह दुबैले आफू नै आधिकारिक पार्टी भएको भन्दै झण्डा, चुनाव चिह्नलगायतमा दाबी गर्दै आएका छन् ।



    यसअघि माघ २० मा दाहाद-नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता दाबी गरेका थिए । सोक्रममा दाहाल र नेपालले प्रतिनिधिसभा विघटनको विषय अदालतबाट नसुल्झिएसम्म निर्वाचन प्रकिया अघि नबढाउन पनि आग्रह गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार