काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेश जारी गरेको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।
आयोगको म्याद आइतबारबाट सकिँदै थियो । आयोगको म्याद ६ महिना थप गर्ने गरी सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् ।