Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संयुक्त आन्दोलन गर्न कांग्रेसको दोधारे चरित्र बाधक : बाबुराम भट्टराई

संखुवासभा । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको अनिच्छाका कारण संयुक्त आन्दोलनमा जान नसकिएको बताएका छन् ।

संखुवासभाको खाँदबारीमा बिहीबार जसपाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले कांग्रेसको मूल नेतृत्वको अनिच्छाका कारण नै संयुक्त आन्दोलनमा जान नसकिएको बताए । साथै प्रतिनिधिसभा अहिले पनि जीवित रहेको उनको दाबी थियो ।

उनले ओलीको असंवैधानिक कदमविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाइरहेको समेत आरोप लगाए ।

नेकपा विभाजनको औपचारिक टुंगो नलाग्नु र कांग्रेस पर्ख र हेरको अवस्थामा रहेकाले दलहरुबीच साझा आन्दोलन हुन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077