Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभा पुनःस्थापना आवश्यक छ : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नरहेको बताएका छन् ।

सुनसरीको इटहरीमा आज प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका विभिन्न भ्रातृ सङ्गठनले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले  कांग्रेस एक ढिक्का भएर अगाडि बढे वडादेखि केन्द्रसम्म विजय निश्चित भएको जिकिर गरे ।

कांग्रेस चुनावमा जान तयार रहे पनि अहिलेको अवस्थामा पुनःस्थापना नै  अन्तिम विकल्प भएको जिकिर गरे ।

सो अवसरमा प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले कांग्रेस अहिले संसद् पुनःस्थापनाकै माग गरेर अगाडि बढ्नाको विकल्प नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077