Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • रामकुमारी झाँक्रीको प्रश्न – संविधानको धज्जी उडाउने काम कसले गर्यो ?

    रामकुमारी झाँक्रीको प्रश्न – संविधानको धज्जी उडाउने काम कसले गर्यो ?

    अनलाइन नेपाल
  • सोमबार, १९ माघ २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीले जनताको सुख र समृद्धिका लागि राजनीतिक क्रान्ति गरिएको भएपनि त्यसपछि प्राप्त व्यवस्थाको विरूद्ध संविधानको धज्जी उडाउने काम कसले गर्यो भन्दै प्रश्न गरेकी छिन् ।

    सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेतृ झाँक्रीले भनेकी छिन् ‘हामी कलिला नानीहरू यो देशमा परिवर्तन र रूपान्तरको लागि लडेका थियौं। सपना थियो- जनताको सुख र समृद्धि । त्यसका लागि राजनीतिक क्रान्ति सम्पन्न गर्नु थियो र आर्थिक क्रान्तिको लागि राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्नु थियो । हामी लड्यौं- क्रान्ति गर्यौ यो व्यवस्था ल्यायौं।



    तर यो व्यवस्थाको विरूद्ध संविधानको धज्जी उडाउने काम कसले गर्यो रु त्यसको विरूद्ध लड्नु हाम्रो कर्तब्य हो। प्रतिगामीको न लिंग हुन्छ, न लैंगिकता, न जात वा धर्म।’

    उनको स्टाटस यस्तो छ

    हामी कलिला नानीहरू यो देशमा परिवर्तन र रूपान्तरको लागि लडेका थियौं। सपना थियो- जनताको सुख र समृद्धि । त्यसका लागि राजनीतिक क्रान्ति सम्पन्न गर्नु थियो र आर्थिक क्रान्तिको लागि राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्नु थियो । हामी लड्यौं- क्रान्ति गर्यौ यो व्यवस्था ल्यायौं।

    तर यो व्यवस्थाको विरूद्ध संविधानको धज्जी उडाउने काम कसले गर्यो ? त्यसको विरूद्ध लड्नु हाम्रो कर्तब्य हो। प्रतिगामीको न लिंग हुन्छ, न लैंगिकता, न जात वा धर्म।

    लैंगिक संवेदनशीलता मलाई राम्रोसँग थाहा छ । शासकमा लैंगिकता जोडी भावनाको कुरा गरेर नबहकिनु नै राम्रो हुन्छ। जब जात वा लिंगको सहारा लिएर सुरक्षित हुन खोजिन्छ नि, त्यो पनि डर लाग्दो अवसरवाद हो।

    जवानी र विधवाको सवाल होइन यो। त्यसो त आज हामीले ल्याएको व्यवस्थाको धज्जी उडाउने महाराजा वा महारानीले हाम्रा सपना र हाम्रो बाल्यकाल फिर्ता गर्न सक्छन् ? अझै पनि भावनाको कुरा गरेर फाइदा लिने?

    बाल्यकाल र आमाको जवानी फिर्ता माग्नेहरू विदेशी विश्वविद्यालय पढ्दै थिए, जतिबेला हामी हजारौं-लाखौंको सपनाका लागि लड्दै थियौं। आमा-बुबाको राजनीतिको ब्याज मिहिनेत बिना हामीले कति पुस्तासम्म तिर्दै जानुपर्ने हो?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार