Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केपी ओली संविधानको हत्या गरेर नयाँ बादशाह बन्न खोज्दैछन् : डा. भट्टराई

रोल्पा । जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयताविरोधी भएको बताएका छन् ।

रोल्पामा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उनले उनले प्रधानमन्त्री ओलीले नेपाली जनताको त्याग तपस्या बलिदानबाट आएको उपलब्धीको प्रतिनिधिसभा मात्रै होइन संविधानको नै हत्या गरेर नयाँ बादशाह बन्न खोजेको आरोप लगाए ।

कार्यक्रमलाई संवोधन गर्दै उनले भने,‘हामीले क्रान्तिको कुरा गर्दा भरुवा बन्दुकले पनि क्रान्ति सम्भव छ भनेर प्रश्न गर्दथ्ये जनयुद्ध सही नै थियो, एजेण्डा नै सही थिए, जनयुद्धको जगमा नै शान्ति सम्झौता अनुसार गणतन्त्र र संघीयता आएको हो । त्यसको प्रमुख श्रेय माओवादी जनयुद्धलाई जान्छ ।’

उनले जनयुद्धकालमा रोल्पाको दुम्ला बैठक र घर्तीगाउँको लोसेबाङको बैठकबाट १२ बुढे सहमति गर्दै राजतन्त्र अन्त्यका लागि नेपाली कांग्रेस र एमालेहरुलाई साथमा लिएर अगाडि बढेको बताउँदै राजतन्त्रको लागि माओवादी जनयुद्धनै प्रमुख आन्दोलनको जग भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077