Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 2.7K
    SHARES

    फाइल तस्विर

    काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।

    हाल देशको केही पहाडी भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको छ साथै तराईका केहि भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।



    यसैगरी, आज दिउँसो प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।



    यस्तै, राति प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार