Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन थापा भन्छन् - केही लड्डु नेताले गर्दा कांग्रेसमाथि प्रश्न उठ्यो

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले जनताको अधिकार खोस्ने शासकको रुपमा इतिहासमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लेखिने बताएका छन् ।

शहीदको बलिदानमा सम्मान गर्दै ओलीको असंवैधानिक कदमविरुद्ध शान्ति वाटिकामा आयोजित सभामा सम्बोधन गर्दै नेता थापाले केपी शर्मा ओलीको नाम जनताको अधिकार खोस्ने शासकको रुपमा इतिहासमा लेखिने बताएका हुन् ।

नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट केही समूहको प्रशंसालाई सारा जनताको सोचेर भुल गरिरहेको बताएका छन् । नेता थापाले यस विषयमा एक चोटी आँखा चिम्म गरेर सोच्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । उनले ओलीको संवैधानिक कदमविरुद्ध नेपाली कांग्रेसको विरोध गर्ने नै एक मात्र रणनीति भएको बताएका छन् । उनले अदालतको बारेमा पनि कांग्रेस बोलेको स्पष्ट पारेका छन् ।

'सर्वोच्चको विषयमा बोल्न पाइदैन भन्छन्, तर पुस ५ गतेको कदम असंवैधानिक हो र अदालतले यो भन्दा दायाँबायाँ कदम नचाल्ने हाम्रो विश्वास छु, उनले भने ।

'संविधानमा प्रहार गरेर प्रधानमन्त्री ओली अधिनायक हुँदै छन् । तर, केही लड्डु कांग्रेसहरू त्यसका पक्षमा उभिँदै छन् तपाईं संविधानको पक्षमा कि विपक्षमा?,’ थापाको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077