काठमाडौं । लागुऔषध नियन्त्रण व्यूरोले २३ लाख ४० हजार अवैध रकमसहित एकजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको खनियावास गाउँपालिका–४ घर भइ काठमाडौंको टोखा नगरपालिका–८ बस्ने ३१ वर्षका मनिस भनिने दुर्गा सिं तामाङ रहेका छन् ।
पक्राउ परेका तामाङको साथबाट व्यूरोले २५.२ ग्राम खैरो हरोईन, लागुऔषध तौल गने मेशिन १ थान र २३ लाख ४० हजार नगद बरामद गरेको छ ।
उनलाई व्यूरोको टोलिले काठमाण्डौंको टोखा नगरपाबलका–८ रमणबस्तीबाट मोटरसाइकलसहित पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।
Leave a Reply