Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  •  चार केजी गाँजासहित २ जना पक्राउ

     चार केजी गाँजासहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ११ माघ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कपिलवस्तु बिजयनगर गाउपालिका–१ घर भई कास्कीको पोखरा महानगरपालिका–१६ केआईसिंह पुल बस्ने २२ वर्षका अर्जुन घर्ति मगर र स्याङग्जाको पुतलिबजार नगरपालिका–१४ घर भई कास्कीको पोखरा महानगरपालिका–१६ केआईसिंहपुल बस्ने २२ वर्षका सफल ढकाल रहेका प्रहरीले जनाएको छ ।



    प्रहरीले उनीहरूको साथबाट ४ केजी गाँजा, २ थान मोवाईल र ३ हजार १ सय नगदसमेत बरामद गरेको छ । उनीहरूलाई शनिबार दिउँसो ३ बजे पोखरा महानगरपालिका–५ जिरोकिलोबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    उनीहरूविरूद्ध लागुऔषध सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार