Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आयोग पुगेर ओली समूहले भन्यो – दल दर्ता प्रकृया अगाडि बढाउनुहोस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ता प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

आयोगले दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न नेकपाको दुवै समूहलाई बोलाएको भएपनि प्रचण्ड–माधव समूह भने १८ गते अगाडि नभ्याउने भन्दै पत्र बुझाएर फर्किएको थियो ।

प्रचण्ड–माधव समूहका नेताहरुले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका लागि उपत्यका बाहिर भएकाले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित जानकारी दिएको छ ।

यता, आयोगको कार्यालय पुगेका ओली समूहका नेता विष्णु पौडेल, सुवास नेम्वाङ लगायतका नेताहरुले भने आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने नेताहरुले बताए ।

नेता नेम्वाङले आधिकारिताबारे आयोगले टुंगो लगाइसकेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077