Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

१८ गते अघि उपस्थित हुन नसक्ने भन्दै आयोगमा पत्र बुझाएर फर्कियो प्रचण्ड–माधव समूह

काठमाडौं । निर्वाचन आयोगले टुक्रिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग छलफलका लागि आज कार्यालयमै उपस्थित हुन भन्दै १४ गते नै दुबै पक्षलाई पत्र पठायो ।

आयोगको यो प्रकृयाले नेकपाभित्रको विवाद र पार्टीको आधिकारिकताबारे टुंगो लाग्ने आँकलन गरिएको थियो ।

तर, आज प्रचण्ड–माधव पक्ष भने केपी अ‍ोली पक्षसँगको छलफलमा सहभागी नभई आयोगबाट फर्किएको छ ।

१८ गतेसम्म अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ढ’ र माधवकुमार नेपाल उपत्यका बाहिर रहेको र १८ गते पछिको छलफलमा अध्यक्ष स्वयम् नै उपस्थित हुने व्यहोराको पत्र आयोगमा बुझाएर प्रचण्ड–माधव पक्ष बाहिरिएको हो ।

केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले हस्ताक्षर गरी प्रचण्ड–माधव पक्षले आयोगमा बुझाएको पत्रमा आफ्नो समूहका दुवै अध्यक्ष काठमाडौंबाहिर रहेको र माघ १८ अघि आयोगमा उपस्थित हुन नसक्ने उल्लेख छ ।

पत्रमा भनिएको छ–‘माधवकुमार नेपाल र पुष्पकमल दाहाल दुवै अध्यक्ष माईघ १८ गतेसम्म उपत्यकाबाहिरका राजनैतिक कार्यक्रममा व्यस्त रहनु भई प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयम् उपस्थित भई छलफल गर्न चाहनु भएको हुँदा आज तोकिएको समयमा उपस्थित हुन सम्भव हुन नसकेको’ जानकारी गराइएको छ ।

माघ १८ पश्‍चात उपयुक्त मिति र समयमा छलफलको आयोजना गर्न पत्रमा निर्वाचन आयोगसमक्ष अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077