Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टुक्रिएको नेकपाका दुबै पक्षसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले टुक्रिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग आज छलफल गर्दैछ ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले आज निर्वाचन तयारी र दल दर्ता प्रक्रियाबारे छलफल गर्न आयोगमै बोलाएको हो ।

आयोगका अनुसार आज ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाइएको छ ।

पत्रमा नेकपाको आधिकारिकता सम्बन्धी विवादबारे छलफल गर्ने नभनिए पनि त्यसै विषयमा पनि छलफल हुने आयोग स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077