Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केपी ओली राणा र राजाहरुको ‘प्रेत’ भएको घनश्याम भुसालको आरोप

काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजा र राणाहरुको ‘प्रेत’को संज्ञा दिएका छन् ।

बिहीबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै नेता भुसालले ओलीको बाटो संविधानको हत्या, अशान्ति, सत्यानास र बर्बादीतर्फको भएको बताए । “राणाहरुले सोधेका थिए, राणाहरुको पछाडि लाग्ने हो या नेपालको बाटो ? पछि महेन्द्रले सोधेका थिए, महेन्द्रको बाटो हो कि नेपालको बाटो ? पछि वीरेन्द्रले सोधेका थिए, पञ्चायतको बाटो कि स्वतन्त्रताको बाटो ? ज्ञानेन्द्रले पनि सोधे, कुन बाटो ?,’’ उनले भने, “जनताले नेपालको बाटो रोजे । इतिहासका राणा र राजाहरुको प्रेतको रुपमा ओली खडा हुनुभयो । र, ओलीको बाटो कि नेपालको बाटो भनेर सोध्नुभयो ।’’

उनले ओलीको कदम संसद र सडकबाट हराउने दाबी गरे । “कमरेड ओलीको कदम अब हार्ने कुरामा कुनै शंका छैन, हार्छ, हार्छ, हराइन्छ । यो सडकमा हराइन्छ, अदालतमा हराइन्छ, सबैतिर हराइन्छ,’’ भुसालले जिकिर गरे । जनताको सामु अर्को ओली नजन्मने ग्यारेन्टी गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077