Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वडाध्यक्षको बाइक प्रयोग गरी कांग्रेस कार्यकर्ताको हत्या

बझााङ। सरकारी बाईकमा आएका नेकपा कार्यकर्ताहरुले बझाङमा खुँडा प्रहार गरि तरुण दलका कार्यकर्ताको हत्या गरेका छन् । जिल्लाको छबिसपाथिभरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको हो ।

आक्रमणकारीले नेकपाबाट छबिसपाथिभरा गाउँपालिका वडा नं ३ मा निर्वाचित वडाध्यक्ष विकास ऐडीको सरकारी बाईक प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए ।

गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बन्निचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवाद पछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उनले बताए । मंगलवार साँझ स्थानिय बजारको बीच सडकमै सिंहमाथि खुँडा प्रहार गरि हत्या गरिएको हो।खुँडा प्रहार गर्ने मध्येका एक जना सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् भने प्रहार गर्ने मध्येका अर्का युवक प्रकाश एैडी भने फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। ,

बन्निचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिमा नेपाली कांग्रेस निकट प्यानलले जितेपछि रुष्ट रहेका केहि आपराधिक प्रवृतीका व्यक्तिहरुले नेपाल तरुण दलको छबिस पाथिभरा गाउँपालिका सदस्य सिंहलाई खुडा प्रहार गरि हत्या गरेको तरुण दलले कडा बिरोध जनाएको छ । दलले हत्याराहरुलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दै मृतक सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

सत्ताको मातमा विपक्ष दलका कार्यकर्ताको हत्या निन्दनिय रहेको स्थानिय कांग्रेसले जनाएको छ । कांग्रेस कार्यकर्ता माथि पटकपटक भएका प्रहारले सत्ता विपक्षी दलका नेता कार्यकर्तामाथि कस्तो रवैया अपनाइरहेको प्रष्ट भएको कांग्रेसले जनाएको छ। बझाङ कांग्रेसले हत्याको घटनामा पार्टी केन्द्रीय कार्यालयको ध्यान केन्द्रीत गर्न आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077