Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सरकारी संस्थानमा कमिशनको खेल

    माछापुच्छ्रे बैंकका संचालक नै उदयपुर सिमेन्टको महाप्रबन्धक, सरकारी रकममा मस्ती !

    माछापुच्छ्रे बैंकका संचालक नै उदयपुर सिमेन्टको महाप्रबन्धक, सरकारी रकममा मस्ती !

    अनलाइन नेपाल
  • मंगलबार, १३ माघ २०७७
  • 4.1K
    SHARES

    काठमाडौं।  उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा नियुक्त भएका गोपीकृष्ण न्यौपाने माछापुच्छ्रे बैंकका बोर्ड सदस्य रहेको खुलेको छ।

    सरकारले गत पुष २० गते न्यौपानेलाई उदयपुर सिमेन्टको महाप्रबन्धकमा नियुक्त गरेको हो।



    त्यसयता  उनी अझै बैंकको बोर्ड सदस्यको हैसियतमा बसेर मिटिङदेखी बैठकमा सहभागी हुने गरेको बैंक स्रोतले वतायो।



    उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै सो पद रिक्त थियो।न्यौपानेलाई सरकारले ४ वर्षका लागि नियुक्त गरिएको हो।

    शक्ति पृथकीकरणको सिद्धान्त अनुसार पनि नीजि बैंकको संचालक जस्तो महत्वपूर्ण पदमा कार्यरत व्यक्तिलाई सरकारी संस्थानमा नियुक्ती गर्न पाइँदैन।

    सिमेन्ट कम्पनीको महाप्रबन्धकले त झनै कमिशनदेखी स्वार्थका लागि आँफै सँलग्न बैंकसँग मिलेमतो गर्ने संभावना पनि रहन्छ।

    यसअघि आयल निगमका सिइओ सुरेन्द्र पौडेलले सरकारी बैंक छँदाछँदै प्रभुलगायतका नीजि बैंकहरुमा निगमको करोडौ रकम कारोबार गर्न लगाइ कमिशन बुझ्दै आएको सार्वजनिक भएको थियो।

    नेपाल आयल निगमले यसअघि राष्ट्रिय वाणिज्य बैंकमा आफ्नो रकम जम्मा गरेको थियो । सरकारी बैंकहरुमा अर्बौंको कारोबार गर्ने निगमले अहिले भने नीजि बैंकसँग रहस्यमय रुपमा कारोबार गर्दै आएको पाइएको छ ।

    राजधानीको बबरमहलमा मुख्यालय रहेको प्रभु बैंकमा निगमले अर्बौं रकम जम्मा गरेको पाइएको छ । निगमको अर्बौं रकममा प्रभु बैंकले रजाइँ गरिरहेको  छ ।

    अब उदयपुर सिमेन्ट उद्योगको रकममा पनि माछापुच्छ्रे बैंकका बोर्ड सदस्य रहेका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले चलखेल गर्न थालिसकेको स्रोतको भनाइ छ।

    त्यसो त केपी ओली सरकारले सरकारी संस्थानमा नीजि बैंकका संचालकलाई भटाभट नियुक्ती गरेर सरकारी संस्था नै नीजिकरण गर्न खोजेको हो कि भन्ने आशंका पनि न्यौपानेको नियुक्तीपछि उब्जिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार