Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • संसद विघटनविरुद्धको मुद्दामा बहस सुरु

    संसद विघटनविरुद्धको मुद्दामा बहस सुरु

    अनलाइन नेपाल
  • मंगलबार, १३ माघ २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबारकाे बहस सुरु भएको छ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमै बहस सुरु भएको हो।



    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि त्यसका विरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए। सबै रिटमाथि माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको छ।



    आज सुनुवाइको नवौं दिन पनि निवेदक तर्फका कानुन व्यवसायीले बहस गर्ने भएका छन्। वरिष्ठ अधिवक्ता र अधिवक्ता गरि अझै ४६ जना बसहको क्रममा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार