Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बढ्यो सुनको मूल्य

    बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • मंगलबार, १३ माघ २०७७
  • 2.2K
    SHARES

    फाइल फाेटाे

    काठमाडाैं । स्थानीय बजारमा मंगलवार पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा ४०० रुपैयाँले वृद्धि भई ९२ हजार ८०० रुपैयाँ पुगेको छ ।

    छापावाल सुन सोमवार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तोलामा ९१ हजार ९०० रुपैयाँमा सोमवार कारोबार भएको तेजाबी सुन मंगलवर भने तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।



    चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । तोलामा १ हजार २६० रुपैयाँमा सोमवार कारोबार भएको चाँदी मंगलवार भने १ हजार २५५ मूल्य निर्धारण भएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार