Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सिक्किमको नाकु लामामा झडप, २० चिनियाँ र ४ भारतीय सैनिक घाइते

    सिक्किमको नाकु लामामा झडप, २० चिनियाँ र ४ भारतीय सैनिक घाइते

    अनलाइन नेपाल
  • सोमबार, १२ माघ २०७७
  • 2.4K
    SHARES

    एजेन्सी । चीन र भारतका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप भएको छ।

    गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झडप भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएकाे छ।



    झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको जनाइएकाे छ।



    चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको भारतीय पक्षकाे दाबी छ।

    अहिले झडप भएको स्थानमा अवस्था तनावपूर्ण भए पनि स्थिर रहेको छ।

    यद्दपी नाकु लामा झडप भएकोबारे चिनियाँ पक्षले भने कुनै जानकारी दिएको छैन।

    भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन सकेको छैन। पूर्वको अरूणाञ्चलदेखि पश्चिममा आस्काई चीनसम्म दुई देशले आ-आफ्नो दाबी गरेका छन्।

    यसअघि गत असारमा भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो।

    सीमाका विषयमा सन् १९६२ मा युद्ध दुई देशबीच युद्ध भएको थियो। पछिल्लो समय सीमा क्षेत्रमा जाने सैनिकहरूले हतियार नलिने व्यवस्था गरिए पनि बेलाबेलामा दुई देशका सैनिकबीच ठाउँ-ठाउँमा झडपका घटना भइरहन्छन्।

    यद्यपी सीमामा स्थिति नियन्त्रणमा लिन दुबै देशले सैन्य तथा कूटनीतिक स्तरका वार्तालाई जारी राखेका छन्।

    चीनको तर्फबाट भने प्रतिकृया आउन बाँकी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार