Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुरामले भने-चुनावले झन् ठूलो दुर्घटना ल्याउनेछ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनावले झन् ठूलो दुर्घटना ल्याउने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको निर्णयले संविधानको लोकमार्गमा पहिरो गएको र त्यसलाई मर्मत नगरी चुनावरुपी गाडी चलाए दुर्घटना हुने उनको भनाइ छ ।

‘ओली प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ। पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउनेछ’, बाबुरामले ट्वीटमा लेखेका छन्, ‘२०१४ सालमा संविधानसभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जॉदा बिपीले खाएको धोका नबिर्सौं ! २०१७पछिका तुलसी गिरी,केशरजंग नबनौं !’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077