Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विप्लव समूहको बन्दको दिन ट्रकमा आगजनी

दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिका—९ नक्तड (ठूलशैन) जंगल नजिक अज्ञात समूहले ट्रकमा आगजनी गरेको छ ।

गोकुलेश्वरबाट आइरहेको सुप्रप ००१ क १५४८ नम्बरको ट्रकमा शनिवार दिउँसो ३ बजेतिर आगजनी भएको हो ।

आगजनीबाट बसको अगाडीको भाग र टायरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुस्कर ऐेरीले जानकारी दिए।

प्रहरी निरीक्षक एव सुचना अधिरी ऐरी इलाका प्रहरी कार्यालय गोकुलेश्वरले आगलागी कस्ले र कसरी भयो भन्नेबारे अनुन्सधान भइरहेको प्रहरी जनाएको छ।

प्रहरीले ट्रक साहु र चालकलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आज नेपाल बन्दको घोषणा गरेको थियो ।

ट्रकमा विप्लव समूहले आगो लगाएको हो कि होइन भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बन्दको प्रभावले जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैन्न।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077