Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुई एसपीको सरूवा, प्रचण्डका पूर्व बडिगार्ड मल्ललाई डोटीको जिम्मा

काठमाडौं। प्रहरी प्रधान कार्यलायले २ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा गरेको छ।

जसअनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कर्यरत एसपी दानबहादुर मल्ललाई डोटी प्रहरी प्रमुखको जिम्मा दिइएको छ।

मल्ल विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डका पूर्व बडिगार्ड हुन्।

चितवन जिल्लाको प्रमुख छदाँ टेलिभिजन प्रस्तोता रवि लामिछानेलाइ पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ गरेपछि उनी विवादमा तानिएका थिए। मल्ल प्रचण्ड परिवारसँग निकै नजिक मानिन्छन्।

प्रहरी प्रधान कार्यालयले चितवनबाट सरूवा गरेको एक महिनासम्म पनि जिल्ला नछाडेपछि उनलाई प्रदेश प्रहरी कार्यालयले चेतावनी पत्र काटेको थियो। त्यसपछि उनी थप विवादमा तानिएका थिए।

त्यस्तै सिराहामा एसपी सुदीप राज भण्डारीको सरूवा भएको छ। डोटीमा कार्यरत जनकराज पाण्डे तथा सिराहाका उमाशंकर पञ्जियार एसएसपीमा बढुवा भएपछि ती जिल्लामा एसपीको काज सरुवा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077