Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दाङमा एक व्यक्तिको विभत्स हत्या गरेको आरोपमा तीन जना पक्राउ

दाङ । राप्ती गाउँपालिका वडा नं. ६ पथ्थरगढवाका ४० वर्षीय मोतिलाल चौधरीको माघ ७ गते मध्यराति विभत्स हत्या भएको छ ।

मोतिरामको हत्या आरोपमा गाउँकै ३३ वर्षीय मोतिराम चौधरी, उनका ठूला बुवा र काकाका छोराहरु ४८ वर्षीय मनिराम र ३८ वर्षीय धनबहादुर चौधरी पक्राउ परेका छन् । प्रहरीले यी तीनै जनालाई बिहीवार मध्यरातमा घरबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार ती तीन जनाले मोतिरामलाई घरभित्रै घुसेर विभत्स हत्या गरि घरदेखि ६ सय मिटर टाढा घिसार्दै लगेर कुलोमा फालेको अवस्थामा शव माघ ८ गते बिहान फेला परेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी चन्दका अनुसार घटना बुधवार मध्यराततिर घटेको जानकारी दिए ।

हत्या गरिएका मोतिराम आफ्नो सानो झिंगटीले बारेको घरमा एक्लै बस्दै आएका थिए । उनले हालसम्म बिबाह गरेका थिएनन् भने उनकी आमा उनी नाबालक छँदा नै बितेको र बाबुपनि बेपत्ता भएका थिए । मोतिराम सानैदेखि माउली घरमा बसेर हुर्केको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

‘मोतिलालसहित तीन काका भतिज मिलेर सुतेका मोतिरामलाई घर भित्रै घुसेर निकाली लाठी र दाउराको चिर्पटले प्रहार गरि मकैबारीमा हत्या गरेपछि राति नै घिसार्दै लगेर कुलोमा शव फालेको अनुसन्धानबाट खुल्न आएको छ,’ एसपी चन्दले भने ‘ पक्राउ परेका तीनै जनाले घटना आफूहरुले नै घटाएको प्रहरी समक्ष स्वीकार गरिसकेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077