Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीले भने- माघ १४ गतेबाट खोप लगाउने कार्य सुरु हुन्छ

    प्रधानमन्त्री ओलीले भने- माघ १४ गतेबाट खोप लगाउने कार्य सुरु हुन्छ

    अनलाइन नेपाल
  • शनिबार, १० माघ २०७७
  • 2.8K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् ।

    यसका लागि समूह पनि तयार पारिसकेको उनले बताए ।



    मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।



    उनले पहिलो चरणमा अग्रभागमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरे ।

    सशस्त्र प्रहरी बलको २० औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र संकटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै समयानुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार