Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी राजदूत बेरी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडाैँ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन्।

हालै राष्ट्रपतिमा निर्वाचित जाे बाइडनका शीर्ष प्राथमिकताहरूबारे छलफल गर्न राजदूत बेरीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।

भेटवार्ताका क्रममा उनले बाइडन प्रशासनले जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड-१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न चाहेको कुरा बताए

राष्ट्रपति बाइडनले भनेजस्तै, “अमेरिकाको परीक्षण भएको छ र हामी यसबाट अझ सशक्त बनेका छौँ । हामी हाम्रा गठबन्धनहरू मर्मत गर्नेछौँ र विश्वसँग फेरि संलग्न हुनेछौँ। हिजोका हैन, आज र भोलिका चुनौतीहरूको सामना गर्न। हामी केवल हाम्रो शक्तिको उदाहरणबाट मात्र होइन हाम्रो उदाहरणको शक्तिबाट नेतृत्व गर्नेछौँ । हामी शान्ति, प्रगति, र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार हुनेछौँ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077