Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गोली हानेर प्रेमिकाको हत्या गरी फरार प्रेमी पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले प्रेमिकालाई गोली हानेर हत्या गरी फरार रहेका एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा ताप्लेजुङको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहका अनुसार हत्या आरोपीलाई गएराति मुलपानीबाट पक्राउ गरिएकाे हाे । पाँचथरमा प्रेमिकालाई गोली हानेर हत्या गरेपछि २०६७ देखी फरार रहेका प्रहरीले जनाएकाे छ ।

२०६७ मा पाँचथरको एक होटलमा कुमुकहाङले सामान्य विवाद हुँदा प्रेमिकालाई गोली हानेका थिए । टाउकोमा गोली लागेर प्रेमिका ढलेपछि भागेका उनी काठमाडौँमा लुकिछिपी बसेको प्रहरीको अनुसन्धानबाट खुलेकाे थियाे ।

लाहुरेको छनोट परीक्षामा सहभागी भएर ताप्लेजुङ फर्कंदा कुमुकहाङ प्रेमिकासँग पाँचथर स्थित एक होटलमा बसेका थिए। हत्या आरोपीलाई मुलपानीबाट पक्राउ गरेर पाँचथर पठाउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077