Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सभामुखमाथि दबाब बढ्दै

    सभामुखमाथि दबाब बढ्दै

    अनलाइन नेपाल
  • शुक्रबार, ९ माघ २०७७
  • 2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित राजनीतिका कारण सभामुख अग्निप्रसाद सापकोटा दबाबमा परेका छन् ।

    संसद् नरहँदा पनि संविधानले सभामुख र उपसभामुखको पद कायम रहने व्यवस्था गरेको छ । वर्तमान अवस्थानमा संसद् विघटन भए पनि अग्निप्रसाद सापकोटा सभामुख कायमै छन् ।



    अहिलेको अवस्थामा सभामुख सापकोटालाई निकै चुनौति थपिएको छ । आगामी वैशाखमा निर्वाचन पनि भएन अदालतले पनि फैसला गरेन भने उनलाई संसद् बैठक बोलाउन दबाब दिनसक्ने अनुमान गरिएको छ । दाहाल–नेपाल समूह, नागरिक समाजलागयतले यस किसिमको दबाब दिनसक्ने देखिएको स्रोतले बतायो ।



    सभामुखले संसद् बोलाउने र सरकारले संकटकाल लगाएमा मुलुकमा अस्थिरताको अवस्था भएकामा सभामुखले राजीनामा दिन पनि सक्नछन् । राजनीतिक अवस्था संकटमा पर्दै गएमा सभामुखले राजीनमा दिने बाटो भने खुलै रहेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार