Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीको हुकुमी शासन स्वीकार्य छैन : रामचन्द्र पौडैल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको भावना र लोकतन्त्रको रक्षाका लागि सर्वोच्च अदालतले न्यायोचित कदम चाल्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौ‌ंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले संसद विघटनलाई सर्वोच्चले स्वीकार गर्न नहुने भन्दै लोकतन्त्रको रक्षाका लागि न्यायोचित कदम चाल्नुपर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी लोकतन्त्रमाथि प्रहार गरेको उनको भनाइ थियो । 'ओलीको हुकुमी शासन स्वीकार्य छैन्', वरिष्ठ नेता पौडेलले भने, 'संसद् विघटन लोकतन्त्र विरोधी कदम हो । यो संविधान विरोधी कदम मात्र नभएर राष्ट्रघाती कदम पनि हो ।'

वर्तमान सरकारले जनताको मतदानमाथि अपमान गरेको बताउँदै उनले सरकारले जनतालाई छातीमा लात हानेर दुहाई दिने काम गरेको बताए । उनले संविधानले बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधसभा विघटनको ठाउँ नराखेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077