Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चलचित्र ‘सत्यम’मा राजेश हमाल

काठमाडौं । महानायक राजेश हमाल करिब चार वर्षपछि चलचित्रको पर्दामा देखिने भएका छन् । लकडाउनपछि धमाधम म्यूजिक भिडियोमा काम गरेका नायक हमालले एक नयाँ चलचित्र साइन गरेका हुन् ।

निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सत्यम्’मा नायक हमालले काम गर्ने पक्का भएको हो । सौर्यमा एक साथ काम गरेका कलाकार अनुप बिक्रम शाही चलचित्र ‘सत्यम’ मार्फत पुनः राजेशसँगै देखिने भएका छन् ।

नायकको भूमिकामा राजेश देखिदै छन् भने शाही खलनायकको भूमिकामा देखिने छन् । कारीव एक बर्शसम्म कुराकानी गरेर मात्रै यो रोलमा हमालले साहमति जनाएका हुन् ।

हमालका बागमती र सकुन्तला एकपछी अर्को गर्दै फिल्म फ्लप भए सँगै उनले नयाँ काममा हात हालेका थिएनन् । धेरै फिल्मका लागि कुराकानी भए पनि अन्तत उनी ‘सत्यम’ को सम्झौता पत्रमा हस्ताक्षर गर्न राजी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077