Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रचण्ड भन्छन् – संवैधानिक निकायलाई सहजीकरण गर्न जनअदालत जान्छौं

    प्रचण्ड भन्छन् – संवैधानिक निकायलाई सहजीकरण गर्न जनअदालत जान्छौं

    अनलाइन नेपाल
  • बुधबार, ७ माघ २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकासलाई सहजीकरणका लागि जनताको अदालतमा जाने बताएका छन् ।

    पेरिसडाँडामा आयोजित आदिवासी जनजाति महासंघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको मूल मर्म विपरीत संसद विघटन भएकाले जनअदालतमा जाने बताएका हुन् ।



    कार्यक्रममा अध्यक्ष प्रचण्डले भने ‘जनताको अदालतमा गएर संवैधानिक निकायहरुलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आइपुगेका छौं । यो दुर्भाग्यपूर्ण कुरा हो’, ।



    संसद् विघटनले गणतन्त्र, संघीयता र समावेशिताको भावनाविरुद्ध हमला भएको प्रचण्डले बताए । उनले पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक लड्न आह्वान गरे । अहिलेको संविधानले नेपाली जनतामा सार्वभौमसत्ता निहीत भए पनि राजाको शैलीमा संसद् विघटन गरिएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार