Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नक्सा अनुसार क्षेत्रफल मिलाउन भन्दै घुस माग्ने मालपोतका दुई कर्मचारी पक्राउ

    नक्सा अनुसार क्षेत्रफल मिलाउन भन्दै घुस माग्ने मालपोतका दुई कर्मचारी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ७ माघ २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि घुस माग्ने मालपोतका दुई जना कर्मचारीलाई ४० हजार घुससहित पक्राउ गरेको छ ।

    भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा स्टिङ अप्रेसन गरी आयोगले नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठलाई पक्राउ गरेको हो ।



    आयोगका अनुसार उनीहरुले सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि घुस रकम माग गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार