Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राडी बजारमा ४ किल्ला तोकेर अनिश्चितकालीन निषेधाज्ञा

    राडी बजारमा ४ किल्ला तोकेर अनिश्चितकालीन निषेधाज्ञा

    अनलाइन नेपाल
  • मंगलबार, ६ माघ २०७७
  • 2.1K
    SHARES

    रुकुम पश्चिम । जिल्ला प्रशासन कार्यालय कुम पश्चिमले राडीबजारमा अनश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

    राडीबजारमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले चार किल्ला तोकेर अर्को सूचना नभएसम्मका लागि मंगलबार साँझ ५ बजदेखि निषेधाज्ञा जारी गरेका हुन् ।



    स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर समेत गरेको थियो ।



    पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार भित्रन नपाउने गरी निषेधाज्ञा लगाइएको हो ।

    आठबीसकोट नगरपालिकाको ९ नम्बर वडा राडीबजारमा केही समूहबाट अनावश्यक भेला हुने अवाञ्छित गतिविधिहरु गरी शान्ति भंग हुनेगरी हुलदंगा वा अशान्ति सिर्जना गर्न खोजिरहेकाले निषेधाज्ञा गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार