Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • बाबुराम भट्टराईले भने-संघीय राजधानी काठमाडौं बाहिर सारौं

    बाबुराम भट्टराईले भने-संघीय राजधानी काठमाडौं बाहिर सारौं

    अनलाइन नेपाल
  • मंगलबार, ६ माघ २०७७
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय राजधानी बाहिर सार्ने प्रस्ताव गरेका छन्। उनले संघीय राजधानी काठमाडौं बाहिर सार्न प्रस्ताव सामाजिक सञ्जाल मार्फत गरेका हुन्।

    अध्यक्ष भट्टराईले मंगलबार एक ट्विट लेख्दै संघीय राजधानीलाई उपत्यकाबाहिर सार्न जिकिर गरेका हुन्। उनले भूमाफियालाई छाडा छोड्दा काठमाडौं उपत्यका केही दशकमा कंक्रिट जंगल बन्ने र बस्न अयोग्य हुने भन्दै उपत्यकाबाहिर सार्नु पर्ने बताएका हुन्।



    उनले ट्विटरमा लेखेका छन्, ‘विकास र संरक्षण बीचको अन्तरसम्बन्ध बुझ्न र सन्तुलन कायम गर्न नसक्दा र क्रोनी क्यापिटालिज्मका मुख्य खलपात्र भूमाफियालाई छाडा छोड्दा काठमाण्डौ उपत्यका त केही दशकमा कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने भयो! तुरून्त राष्ट्रिय भूउपयोग नीति लागू गरौं! संघीय राजधानी काठमाण्डौ बाहिर सारौं!’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार