Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लुटपाटपछि धानखेतमा लगेर हत्या गराउने योजनाकार पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले असोज २१ गते भक्तपुरको सुडालमा लुटपाट गरी हत्या गर्नेमध्येका योजनाकारलाई पक्राउ गरेको छ ।

महाशाखाले असोज २१ गते दिउसोको समयमा भक्तपुर चाँगुनारायण नगरपालिका–८, सुडाल बस्ने वर्ष ६१ का चन्द्र बहादुर योञ्जनलाई मरणासन्न हुने गरी कुटपिट गरेर फरार भएकामध्येका योजनाकार माईला भन्ने सोनाम तामाङ पक्राउ गरेको हो ।

बाह्रविसे नगरपालिका–२ टिमुरे सिन्धुपाल्चोक घर घर भएका वर्ष ४२ का सोनामलाई महाशाखाबाट खटिएको टोलीले धुलीखेल नगरपालिका–१ मयुरपार्क काभ्रेबाट आजै पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दिपक थापाले बताए ।

पक्राउ परेका सोनामलाई आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी वृत्त जगाती पठाईएको पनि एसएपी थापाले बताए ।

महाशाखाका अनुसार सोनापती गाउँपालिका–३, कामा रामेछाप स्थायी घर भई सुडाल बस्दै आएका योञ्जनको पसलमा आएका दुई जना अपरीचित व्यक्तिहरुले वियर समेत सेवन गरी आफन्तलाई जग्गा चाहिएको छ भन्ने बहाना बनाई योञ्जनलाई जग्गा हेर्न भनी पसल भन्दा झण्डै १ किलोमिटर पर विडोलफाँटमा रहेको धानखेतमा लगी कुटपिट गरी हत्या गरेका थिए ।

घटनालगत्तै महाशाखाले ‘अपरेसन रक्स’ सञ्चालन गरी पाँच दिनभित्रै घटनामा संलग्न कामी लामा, रमेश तामाङ र प्रेम तामाङलाई असोज २६ गते पक्राउ गरेको थियो ।

तामाङद्धय र लामा भक्तपुर जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनुवामा रहेका छन् ।

हत्याको योजनासहित आएको सोनामको समूहले योञ्जनको साथमा रहेको सुनको ब्रासलेट तथा मोवाईल समेत लुटेर फरार भएको थियो । घटनाको योजनाकार भने सोनम रहेको खुलेको थियो ।

योञ्जनको उपचारको क्रममा ग्रीनसिटी अस्पताल बसुन्धरामा मृत्यू भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077