काठमाडौं । प्रिन्स दाहाल ब्याडमिन्टनको जुनियर विश्व वरीयतामा तेस्रो स्थानमा पुगेका छन् ।
विश्व ब्याडमिन्टन महासंघले शुक्रबार जारी गरेको नयाँ वरीयतामा युवा खेलाडी प्रिन्स तेस्रो स्थानमा पुगेका हुन् ।
यसअघि उनी ११ स्थानमा थिए ।
अब उनीभन्दा अगाडि डेनमार्कका माड्स जुएल मोलर र भारतका वरुण कपुर छन् । उनीहरूले क्रमशः ३ र ४ स्थान सुधार गरेका हुन् ।
शीर्ष तीनभित्र परेकामा प्रिन्सले बरीयतामा सुधार आएकोप्रति खुसी व्यक्त गर्दै शीर्षस्थानका लागि प्रयास गर्ने बताए ।
शीर्ष १० स्थानमा रहेकामध्ये ८ खेलाडी उमेर हदका कारण वरीयताबाट बाहिरिएपछि प्रिन्स तेस्रो स्थानमा पुगेका हुन् । गएको डिसेम्बरमा आएको नयाँ वरीयतामा उनी चार स्थान खस्किएर ११ औंमा पुगेका थिए ।
Leave a Reply