Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ब्याडमिन्टन खेलाडी प्रिन्स विश्‍व वरीयताको तेस्रो नम्बरमा

    ब्याडमिन्टन खेलाडी प्रिन्स विश्‍व वरीयताको तेस्रो नम्बरमा

    अनलाइन नेपाल
  • शनिबार, ३ माघ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । प्रिन्स दाहाल ब्याडमिन्टनको जुनियर विश्व वरीयतामा तेस्रो स्थानमा पुगेका छन् ।

    विश्व ब्याडमिन्टन महासंघले शुक्रबार जारी गरेको नयाँ वरीयतामा युवा खेलाडी प्रिन्स तेस्रो स्थानमा पुगेका हुन् ।



    यसअघि उनी ११ स्थानमा थिए ।



    अब उनीभन्दा अगाडि डेनमार्कका माड्स जुएल मोलर र भारतका वरुण कपुर छन् । उनीहरूले क्रमशः ३ र ४ स्थान सुधार गरेका हुन् ।

    शीर्ष तीनभित्र परेकामा प्रिन्सले बरीयतामा सुधार आएकोप्रति खुसी व्यक्त गर्दै शीर्षस्थानका लागि प्रयास गर्ने बताए ।

    शीर्ष १० स्थानमा रहेकामध्ये ८ खेलाडी उमेर हदका कारण वरीयताबाट बाहिरिएपछि प्रिन्स तेस्रो स्थानमा पुगेका हुन् । गएको डिसेम्बरमा आएको नयाँ वरीयतामा उनी चार स्थान खस्किएर ११ औंमा पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार