Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इन्डोनेशियामा गएको भूकम्पले दर्जनौको मृत्यु, सयौँ घाइते

एजेन्सी। इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पतालसहित भवनहरू भत्किएपछि कम्तीमा ४२जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ।

शुक्रवार सबेरै एउटा सानो भूकम्प गएको एक घण्टापछि ६।२ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो।

भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन्।विनाशकारी भूकम्प र सुनामीका कारण इन्डोनेशिया प्रभावित हुने गरेको छ। सन् २०१८ मा सुलावेसीमा भूकम्पका कारण २,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो।

मामुजु नगरस्थित एउटा अस्पतालका केही भाग भत्किएपछि कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उक्त पाँचतले अस्पतालबाट ६० जनालाई सुरक्षित उद्धार गरिएको थियो।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा तथा फोनको सङ्केत नहुँदा उद्धारकार्य प्रभावित भएको छ।

भूकम्पको केन्द्रबिन्दु माजेने नगरबाट छ किलोमिटर पर १० किलोमिटर तल रहेको बताइएको छ।

त्यहाँको परिस्थिति ूनिकै खराबू रहेको योग्यकार्तास्थित गज मद विश्वविद्यालयको भूगर्भ विभागमा कार्यरत डा। गायत्री मार्लियानीले बीबीसीलाई बताइन्।उनका अनुसार तटीय क्षेत्रमा भत्किएका भवनमध्ये गर्भनरको कार्यालय पनि छ। उनले केही अस्पताल र एउटा होटल क्षतिग्रस्त भएको र केही मानिसहरू तिनको भग्नावशेषमा फसेको बताइन्।

कोरोनाभाइरस महामारीका कारण प्रभावित क्षेत्रमा प्रतिकार्यका लागि उद्धार गर्ने टोली पुग्न ढिलो हुनसक्ने उनको भनाइ छ।

भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन। तर हजारौँ मानिसहरू घर छोडेर सुरक्षित स्थानमा गएका छन्।

दुईवटा भूकम्प गएकाले अधिकारीहरूले शक्तिशाली परकम्प जान सक्ने र सुनामी आउन सक्ने चेतावनी दिएका छन्।

प्रशान्त महासागरीय क्षेत्रमा अवस्थित इन्डोनेशिया उच्च भूकम्पीय क्षेत्रमा पर्छ।

सन् २००४ मा ९।१ म्याग्निट्यूडको भूकम्पपछि हिन्द महासागरमा आएको सुनामीका का कारण १३ देशमा २,२६,००० मानिसको मृत्यु भएको थियो।

तीमध्ये इन्डोनेशियाको आचे प्रान्तमा मात्र १,७०,००० जनाले ज्यान गुमाएका थिए। बिबिसी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077