Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओली भष्मासुरलाई हुर्काउने प्रचण्ड–नेपाल नै हुन् : बावुराम भट्टराई

गोरखा । जनता समाजवादी पाटीका संघीय परिषद् अध्यक्ष बावुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ओली भष्मासुरलाई हुर्काउन भूमिका खेलेको बताएका छन् ।

गृहजिल्ला गोरखा पुगेका भट्टराईले शुक्रबार पत्रकारसँगको कुराकानीमा ‘प्रचण्ड–नेपालहरुको केपी ओलीजस्तो भष्मासुरलाई हुर्काउन भूमिका छ, ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्छु भन्नुले स्वार्थ वा पदलोलुपता देखाउँछ,’ भट्टराईले भने ।

साथै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई दण्डित गर्नुपर्ने बताएका छन् । ‘अमेरिकाका राष्ट्रपतिलाई एक साता बाँकी हुँदा महाअभियोग लगाएर हटाइँदै छ, यत्रो अपराध गरेका ओलीलाई पनि दण्डित गर्नै पर्छ, राष्ट्रपतिलाई पनि दण्डित गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077