Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • यौन शोषणको आरोपमा पाकिस्तानी क्रिकेट कप्तानविरुद्ध एफआईआर दर्ता गर्न अदालतको आदेश

    यौन शोषणको आरोपमा पाकिस्तानी क्रिकेट कप्तानविरुद्ध एफआईआर दर्ता गर्न अदालतको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, २ माघ २०७७
  • 1.9K
    SHARES

    एजेन्सी । यौन शोषणको आरोपमा पाकिस्तानी क्रिकेट कप्तानविरुद्ध एफआईआर दर्ता गर्न अदालतले आदेश दिएकाे छ। लाहोरको सेसन कोटले प्रहरीलाई पाकिस्तानी कप्तान आजमविरुद्ध एफआईआर दर्ता गर्ने आदेश दिएको हो।

    अदालतले बाबरविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गर्न आदेश दिएको हो। साउथ अफ्रिका र पाकिस्तानबीचको खेल नजिकिँदै गर्दा बाबर भने त्यसको तयारीमा छन्।



    आजममाथि हमिजा मुख्तारले गम्भीर आरोप लगाएकी थिइन्। उनले आजममाथि विवाहको आशा देखाएर शारीरिक शोषण गरेको आरोप लगाएकी थिइन्। उनले आजमले गर्भपतन गर्न लगाएको लगायतका आरोप लगाउँदै चिकित्साका कागजपत्रहरु पनि प्रमाणका रुपमा पेश गरेकी थिइन्।



    अतिरिक्त सेसनका न्यायाधीश नोमान मुहम्मद नइमले दुबैतर्फको वकिलको कुरा सुनेपछि नसीराबाद पुलिस स्टेसनलाई आजमको विरुद्ध तत्काल एफआईआर दर्ता गर्न आदेश दिएको थियो। न्यायाधीशले यो आरोप गम्भीर भएको भन्दै पुरा जाँच आवश्यक रहेकाले एफआईआर दर्ता गर्न आदेश दिएका हुन्।

    त्यस्तै अतिरिक्त सेसन कोर्टले आजमलाई कुनै पनि किसिमको दबाव नदिनसमेत आदेश दिएको छ। यसअघि आजमको तर्फबाट केस फिर्ता लिनका लागि दबाव दिएको आरोप लाग्दै आएको थियो। पाकिस्तानी टिम साउथ अफ्रिकासँग दुई टेस्ट र ती टी २० को सिरिज खेल्ने तयारीमा रहेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार