Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • आजका माैसम: वर्षा र हिमपातको सम्भावना

    आजका माैसम: वर्षा र हिमपातको सम्भावना

    अनलाइन नेपाल
  • शुक्रबार, २ माघ २०७७
  • 2.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।देशका तराईका भू-भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ।

    देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरोसमेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।



    शुक्रबार प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।



    शनिबार प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने छ भने प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकि प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    आइतबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार